BIZMANDU
www.bizmandu.com

गुराँस लाइफ इन्स्योरेन्सको चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारी गर्ने प्रस्ताव पारि??

२०७४ असार ११

काठमाडौं।गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभाले कम्पनीको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीको आठौं साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।यो बोनश शेयर जारी भएपछि हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत (२: १)को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ।

साधारणसभाले चार जना नयाँ संचालक नियुक्तीलार्इ समेत अनुमोदन गरेको छ।नयाँ संचालकमा विवेक दुगड,ऋषि गाडिया,शम्भुप्रसाद सुवेदी,मेघराज पौडेल र शिवबहादुर श्रेष्ठको नाम साधारणसभाबाट अनुमोदन भएको हो।