काठमाडौ। सेयर बजार सुचक र कारोबार रकमका सुधार आएको छ। साताको पहिलो दिन सेयर बजार ८.२३ अंकले बढेको छ भने ७३ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
दिनभरीमा १४८ कम्पनीका १५ लाख ८५ हजार कित्ता शेयर किनबेच भएका छन्। प्रभु बैंकको संस्थापक शेयर १२ करोड रुपैयाँ बराबरको किनबेच हुँदा समग्र कारोबार रकम उक्लिएको हो। लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनको पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
उपसुचकहरु भने मिश्रित छन्। बैंक १२.५६, होटल ११.०४ विकास बैंक ३.४३, जलबिद्युत १.८३, फाईनान्स २.७, उत्पादन मुलक ८.४६ र अन्य ०.८७ अंकले बढेको छ । बीमा ८.६९ अंकले घटेको छ।
रिलायन्स फाइनान्सका शेयरधनीले सबैभन्दा बढी साढे ८ प्रतिशतले सम्पति बढाएका छन्। बढि गुमाउनेमा वर्ल्ड मर्चेन्ट बैंकका शेयरधनी छन्। कम्पनीको सेयर मूल्य करिव १० प्रतिशतले झरेको छ।