BIZMANDU
www.bizmandu.com

हुवावेको उत्कृष्ट क्यामेरा भएको पि टेन प्लस सार्वजनिक, मोवाइल बिग्रिए घरैमा गएर बनाइदिने

२०७४ असार ११

काठमाडौं । हुवावेले पि टेन प्लस स्मार्टफोन सार्वजनिक गरेको छ। शुक्रवार एक कार्यक्रमबीच कम्पनीले नयाँ मोवाइले सेट नेपाली बजारमा सार्वजनिक गरेको हो।
 

‘विश्व प्रसिद्घ क्यामेरा उत्पादक कम्पनी लेइकासँगको सहकार्यमा उत्पादन गरिएको यो स्मार्टफोन स्टाइलिस र मोर्ड’ फोन हो, जसले व्यावसायिक स्टुडियोको जस्तै क्यामरा इफेक्टस् दिन सक्छ’ कम्पनीले भनेको छ। चाँडो चार्ज हुने 'हुवावे सुपरचार्ज' जस्ता विषेशता रहेका कारण पि टेन प्लसलाई एडभान्स फोटोग्राफी स्मार्टफोन भनिएको कम्पनीले जनाएको छ।  


 
पि टेन प्लस मोडल अन्तर्गतका स्माटफोनमा ६४ जिबि आन्तरिक मेमोरी रहेको छ। यी स्मार्टफोन गोल्डेन, कालो र चाँदीको रङ्गमा उपलब्ध छन्। पि टेन प्लसको क्यामेरा लेन्स किट र डिस्प्ले स्क्रिनको तीन महिनाको बिमा समेत रहेको जनाइएको छ। कम्पनीले ग्राहकलाई सिटिसी मलमा रहेको हुवावे सर्भिस सेन्टरबाट २ घण्टा भित्र बिक्रि पछिको भिआईपि सेवा दिने समेत जनाएको छ। साथै घर/घर गएर हुवावेका प्रतिनिधीले बिक्री पछिको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।
 

यो स्मार्टफोनमा रिलाइटिङ्, थ्रिडी फेसियल डिटेक्सन प्रविधि, ससाना विवरणहरु समेत उतार्न सक्ने रियर क्यामेरा, हाइब्रिड जुम उपलब्ध रहेको छ। हुवावेले एनसेलसँग डिभाइस र डेटा सेवा बण्डलिङ्ग साझेदारी समेत गरेको छ। जसअन्तर्गत ग्राहकले १० जिबी डेटा निशुल्क प्राप्त गर्छन्।  
 

हुवावेले पि टेन प्लसका साथै नेपाली बजारमालाई लक्षित गर्दै अन्य विभिन्न मोवाइल सेटहरु पनि सार्वजनिक गरेको छ। हुवावेले आफ्नो वाई सिरिज अन्तर्गत २०१७ सिरिजको नयाँ वाई थ्रि २०१७ र वाई फाइभ २०१७ मोडेलका मोवाइल सेट भित्र्याएको छ। साथै युवालाई लक्षित गर्दै वाई सेभेन प्राइम ल्याएको छ जुन स्मार्टफोन २०१६ मा ल्याइएको वाई सिक्स मोडलको नयाँ संस्करण हो।
 

Tata
GBIME
Nepal Life