BIZMANDU
www.bizmandu.com

तामाकोशी : सर्वसधारणलाई सेयर बढ्यो, सञ्चयकर्ताको घट्यो, यसै वर्ष बजारमा सेयर

२०६९ साउन ६

तामाकोशी : सर्वसधारणलाई सेयर बढ्यो, सञ्चयकर्ताको घट्यो, यसै वर्ष बजारमा सेयर
तामाकोशी : सर्वसधारणलाई सेयर बढ्यो, सञ्चयकर्ताको घट्यो, यसै वर्ष बजारमा सेयर

काठमाडौं । स्वदेशी लगानीमा निर्माण हुन लागेको माथिल्लो तामाकोसी जलविद्युत परियोजनाको सेयर संरचनामा परिवर्तन भएको छ । परियोजनाको आर्थिक वर्ष २०६७/६८ को वार्षिक साधरणसभामा कम्पनीको पुँजी संरचना परिवर्तनसम्वन्धी प्रस्तावलाई स्वीकार गरिएको हो ।
नयाँ पुँजी संरचनामा पनि संस्थापकको सेयर ५१ प्रतिशत राखिएको छ तर सर्वसाधरण समूहमा बाँडफाँड गर्न लागिएको सेयर संरचनामा भने परिवर्तन गरिएको छ । यसअघि कर्मचारी संञ्चय कोषका सञ्चयकर्तालाई छुट्टाइएको सेयर अहिले घटाइएको छ ।
कोष र प्राधिकरणवीच ऋण सम्झौता हुँदाको बखतका सञ्चयकर्तालाई पहिले २० प्रतिशत सेयर छुट्टाइएको थियो । अहिले त्यसलाई कम गरेर १७ दशमलव २८ प्रतिशतमा झारिएको छ । त्यसैगरी सर्वसाधरणलाई १० प्रतिशत छुट्टाएकोमा अहिले त्यसलाई बढाएर १५ प्रतिशत पुर्योइएको छ ।
सरकारले स्थानीय दोलखावासीलाई छुट्टाइएको १० प्रतिशत सेयरमा परिवर्तन गरेको छैन तर माथिल्लो तामाकोशी र विद्युत प्राधिकरणका कर्मचारीलाई छुट्टायाएको ६ प्रतिशत सेयरलाई घटाएर तीन दशमलव ८४ प्रतिशत सेयर बनाइएको छ ।
यस अघि कोष, बीमा संस्थान, नागरिक लगानी कोष र टेलिकमका कर्मचारीलाई तीन प्रतिशत सेयर छुट्टाइएकोमा त्यसलाई घटाएर दुई दशमलव ८८ प्रतिशतमा झारिएको छ । कम्पनीको चार अर्ब ५९ करोड रुपैयाँको चुक्ता पुँजीलाई वृद्धि गरेर १० अर्ब ५९ करोड रुपैयाँ पु¥याएको छ ।
कम्पनीको अधिकृत पुँजी पनि वृद्धि गरेर ११ अर्ब रुपैयाँ पु¥याइएको छ । माथिल्लो तामाकोशीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, विमा संस्थान, टेलिकम, विद्युत र नागरिक लगानी कोषका कर्मचारीलाई छुट्टाएको सेयर यही वर्षको फागुन चैतसम्म जारी गर्ने तयारी गरिरहेको छ ।
४५६ मेगावाटको यो परियोजना निर्माणका लागि स्वामित्व पुँजीबाट १० अर्ब ५९ करोड रुपैयाँ र ऋणबाट २४ अर्ब ७० करोड रुपैयाँ उठाउने योजना कम्पनीको छ ।

Tata
GBIME
Nepal Life