BIZMANDU
www.bizmandu.com

अख्तियारका ‘मस्ट वान्टेड’ महत र ढकाल कहाँ छन्? अडिट फर्मबाट दुबैले दिए राजिनामा

२०७४ असार ९

अख्तियारका ‘मस्ट वान्टेड’ महत र ढकाल कहाँ छन्? अडिट फर्मबाट दुबैले दिए राजिनामा
अख्तियारका ‘मस्ट वान्टेड’ महत र ढकाल कहाँ छन्? अडिट फर्मबाट दुबैले दिए राजिनामा

काठमाडौं। कर फर्छौंट आयोग-२०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले आफ्नो अडिट फर्म (चार्टर्ड एकाउन्टेन्ट फर्म) बाट राजिनामा गरेका छन्।
 

Tata
GBIME
Nepal Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छौंट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई पक्राउ गरेपछि उनीहरुले आफ्नो पार्टनरसीप रहेको फर्म छाडेका हुन्।
 
महत एलडीएसए एसोसिएट्समा थिए भने ढकाल देव एसोसिएट्समा थिए। उनीहरुले संस्था छाडेको जानकारी नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) लाई गराइसकेका छन्।
 
अधिकांस अडिट फर्म दुईभन्दा बढि चार्टर्ड एकाउन्टेन्टहरुले मिलेर खोलेका हुन्छन्। यस्तो फर्मबाट कोही बाहिरिन चाहेमा उसले राजिनामा दिएर आइक्यानलाई जानकारी गराउनु पर्छ।

अख्तियारले पक्राउ गर्ने आशंकामा उनीहरु पहिले नै लुकेर भारत पुगिसकेका छन्।
 
अख्तियारले बिहीबार गोरखापत्र दैनिकको प्रथम पृष्ठमा सार्वजनिक सूचना प्रकाशित गरी उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने जनाएको छ।
 
बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ।