BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको नबिकेको हकप्रद लिलामीमा, अब बोनस शेयरबाटै आठ अर्ब चुक्ता पूँजी पुग्ने

२०७४ असार ९

काठमाडौं। लक्ष्मी बैंकले नबिकेको हकप्रद शेयर असार १६ देखि २३ सम्म बिक्रीका लागि शिलबन्दी बोलपत्रको आह्वान गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले गत बैशाख ३ देखि जेठ ७ सम्म तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो। बैंकले जारी गरेको मध्ये सर्बसाधारण समुह तर्फ तीन लाख ९४ हजार ९३९ कित्ता बिकेको थिएन शेयर। 
 

बैंकले बोलपत्र पेश गर्दा न्युनतम १०० कित्ता र त्यसमाथि १० ले भाग जाने गरि आवेदन दिन सकिने जनाएको छ। बैंकले प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते लक्ष्मी बैंक हात्तिसारमा खोलिने जनाएको छ। बैंकको नविकेको हकप्रद लिलाम गरि सकेपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ।

साथै बैंकको गत चैतसम्ममा जगेडा कोषमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले बोनश शेयर दिँदा चुक्ता पूँजी राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ पुग्ने देखिन्छ।