BIZMANDU
www.bizmandu.com

वान प्लस ५ मोबाइल विश्वबजारमा सार्वजनिक, फोरजी एलटिई सपोर्ट गर्ने, के के छन् विशेषता?

२०७४ असार ८

काठमाडौं। चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी वान प्लसले बिहीबार बहुप्रतिक्षित वानप्लस ५ स्मार्टफोन भारतमा सार्वजनिक गरेको छ। दुईदिन अघि विश्वबजारमा सार्वजनिक गरेको कम्पनीले बिहीबारमात्र भारतमा सार्वजनिक गरेको हो।
५ दशमलब ५ इन्च टच स्क्रिन रहेको यो स्मार्टफोनको रिजोलुसन १०८०*१९२० पिक्सल रहेको छ।

Tata
GBIME
Nepal Life

यो स्मार्टफोनमा १ दशमलब ९ गिगाहर्जको अक्टाकोर क्वालिकमको स्न्यापड्रागन ८३५ प्रोसेसर रहेको छ भने ६ जिवीको र्याम रहेको छ।

सुरुवाती मोडेलमा ६४ जिवी इन्टरनल मेमोरी रहेको यो मोवाइलमा स्टोरेज बढाउन मिल्दैन।

२० मेगापिक्सलको रियर क्यामेरा रहेको यो स्मार्टफोनमा १६ मेगापिक्सलको फ्रन्ट सटर सेल्फी क्यामेरा रहेको छ।

एन्ड्रोइडको ७.१.१ भर्सनको अपरेटिङ सिस्टम र अक्सिजन ओएस स्किन अपरेटिङ सिस्टम रहेको यो फोनमा ३३ सय एमएएचको व्याट्री क्षमता रहेको छ। १५३ ग्राम तौल रहेको यो मोबाइलमा ५४.२*७४.१*७.२५ को डाइमेन्सन रहेको छ।

डुअल जिएसएम सिमकार्ड रहेको यो फोनमा नानो सिमकार्ड प्रयोग हुन्छ। वाइफाई, ब्लुटुथ, जिपिएस, युएसवी, थ्रिजी र फोरजी सपोर्ट गर्ने यो मोवाइलमा कम्पास, म्याग्नोमिटर, प्रोक्सिमिटी सेन्सर, एक्सेलोमिटर, एम्वियन्ट लाइट सेन्सर र ग्रायोस्कोप समावेस रहेको छ।

प्रोसेर लेटेस्ट भएका कारण सिस्टम पर्फरमेन्स र एपको पर्फरमेन्स धेरै राम्रो रहेको छ भने यसको फाइदा भनेको चाँडै फोन चार्ज हुने हो। अन्य मोबाइलभन्दा यो सेट करिव ५० प्रतिशतले चाँडो चार्ज हुन्छ।

कम्पनीले यसलाई दुईवटा मोडेलमा बजारमा उपलब्ध गराएको छ। वानप्लस ५, ६४ जिवी र १२८ जिवी क्षमतामा। १२८ जिवीको सेटमा ८ जिवी र्याम रहेको छ। कम्पनीले भारतमा ६४ जिवीको मूल्य ३३ हजार भारु र १२८ जिवीको ३८ हजार भारु मूल्य तोकेको छ।

कम्पनीले हालसम्म पाँच किसिमका मोवाइल सिरिज सार्वजनिक गरेको छ। सन् २०१४ मा वान प्लस सार्वजनिक गरेको कम्पनीले २०१५ मा वानप्लस टु र वानप्लस एक्स, सन् २०१६ मा वानप्लस ३ टी र २०१७ मा वानप्लस ५ सार्वजनिक गरेको हो।

कम्पनीले अनलाइनमा अमेजनलाई आधिकारीक वितरक राखेको छ भने भारतभर मोबाइल आउटलेटमा किन्न सकिने जनाइएको छ। चाँडै नेपालमा पनि सार्वजनिक हुने यो मोबाइलको नेपालमा कति रुपैयाँ मूल्य पर्छ भनेर सार्वजनिक भएको छैन।