BIZMANDU
www.bizmandu.com

ब्रिक्स विकास बैंक बनाउन उदयिमान देशहरु तयार, सय अर्ब डलरको आपतकालीन कोष खडा

२०६९ चैत्र १५

ब्रिक्स विकास बैंक बनाउन उदयिमान देशहरु तयार, सय अर्ब डलरको आपतकालीन कोष खडा
ब्रिक्स विकास बैंक बनाउन उदयिमान देशहरु तयार, सय अर्ब डलरको आपतकालीन कोष खडा



डरबन । उदाउँदो अर्थतन्त्र भएका देशको समुह ब्रिक्स विकास बैंक खोल्नका लागि तयार भएका छन् । यी देशले आपातकालीन ऋण संकटमा सहयोग पुर्याउन एक सय अर्ब डलरको आर्थिक कोष पनि खडा गर्न सहमत भएका छन् । ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य छन् ।
डरबनमा चलिरहेको बैठकमा ब्रिक्स देशका शीर्ष नेताहरु ब्रिक्स व्यवसायिक परिषद् स्थापना गर्न पनि सहमत भएका छन् । यो परिषद्ले ब्रिक्स देशवीचका कम्पनीहरुको व्यापार, लगानीमा सहयोग गर्नका साथै प्रोत्साहन पनि गर्नेछ ।
बैठकमा ब्रिक्स बैंक बनाउने प्रस्तावलाई ब्रिक्स देशका वित्त मन्त्रीहरुले स्वीकार गरेका हुन्, बैंक स्थापना गर्ने प्रस्तावपछि शीर्ष नेताहरुले आफूहरु बैंक स्थापना गर्ने विषयबाट सन्तुष्ट भएको र यो व्यवहारिक रुपमा चलाउन सकिने समेत बताए ।

Tata
GBIME
NLIC