BIZMANDU
www.bizmandu.com

सञ्चय कोषले पायो अन्तर्राष्ट्रिय अवार्ड, संस्थागत सुशासनमा उत्कृष्ट भएकोमा पुरस्कार

२०७४ असार ८

काठमाडौं । कर्मचारी सञ्चय कोषले द एसोसिएसन अफ डेभलपमेन्ट फाइनान्सिङ इन्ष्टिच्युसन्स इन एसिया एण्ड द प्यासिफिक  (एडिएफआईएपी)को डेभलपमेन्ट अवार्ड २०१७ प्राप्त गरेको छ। कोषले संस्थागत सुशासन तर्फ उत्कृष्ट हुँदै उक्त अवार्ड पाएको हो। 

Tata
GBIME
Nepal Life


 

‘व्यवसायीक गतिविधीमा संस्थागत सुशासनप्रतिको उच्च प्रतिवद्धताको सम्मान गर्दै कोषलाई अवार्ड प्रदान गरेको’ संस्थाले उल्लेख गरेको छ। फिलिपिन्सको मनिलामा आयोजित समारोहमा कोषलाई अवार्ड विजेता घोषणा गरिएको थियो। कोषले लगातार दोस्रो वर्ष यो अवार्ड जितेको हो।
 
सन् १०७६ मा स्थापित एडिएफआईएपीमा अहिले ४५ देशका १३१ संस्था सदस्य छन्। डेभलपमेन्ट बैंक र अन्य वित्तिय संस्था एडिएफआईएपीमा आवद्ध हुन्छन्।