BIZMANDU
www.bizmandu.com

आइएमई ग्रुपले पनि पायो पेमेन्ट गेटवे लाइसेन्स, सक्दो चाँडो सेवा सुरु गर्ने कम्पनीको भनाइ

२०७४ असार ६

काठमाडौं ।  आइएमई समूहले नेपाल राष्ट्र बैंकबाट पेमेन्ट गेटवे सेवा सञ्चालनको अनुमति पाएको छ। केन्द्रिय बैंकले इसेवा एवं प्रभु समूह सहित आइएमई समूहलाई मंगलबार पेमेन्ट गेट सेवा सञ्चालनको लाइसेन्स दिएको हो।

Tata
GBIME
Nepal Life

अब आइएमई पे को नामबाट डिजिटल वालेट सेवा प्रदान गर्ने कम्पनीका सञ्चालक सुमन पोखरेलले जानकारी दिए। 'हामी जति सक्दो चाँडो सेवा सुरु गर्ने तयारीमा छौं' पोखरेलले भने। पेमेन्ट गेटवेको अनुमतिसँगै आइएमई समूहले अहिले प्रदान गर्दै आएको रेमिट्यान्स सेवालाई अझ चुस्त र सहज बनाउने उनको भनाइ छ।

पेमेन्ट गेटवे सेवालाई औपचारिक रुपले सुरु गर्न राष्ट्र बैंकले लामो समय देखि गृहकार्य गर्दै आएको थियो। तीन कम्पनीलाई लाइसेन्स दिएसँगै 'क्यासलेस' कारोवारलाई बढावा दिने अभियानले तिब्रता पाउने राष्ट्र बैंकको अपेक्षा छ।