BIZMANDU
www.bizmandu.com

उडिरहेको हवाईजहाजमै बच्चाको जन्म, भाग्यमानी बालकले अब जीवनभर सित्तैमा उड्न पाउने

२०७४ असार ५

मुम्बई । आईतबार साउदी अरेबियाको दम्मामबाट भारतको कोची आउँदै गरेको हवाईजहाजमा एक महिलाले बच्चालाई जन्म दिएकी छिन्। 
 
जहाजमा बालकले जन्म लिन थालेपछि जेट एयरवेजको फ्लाइट मुम्बईमा आकस्मिक अवतरण गरिएको थियो। उडान क्रममा आफ्नो जहाजमा जन्म लिने भाग्यमानी बालकलाई जीवनभर सित्तैमा उड्न दिने जेट एयरवेजले जनाएको छ। त्यसका लागि जेट एयरवेजले बच्चालाई ‘फ्री पास’ प्रदान गरि सकेको छ। 

Tata
GBIME
Nepal Life


 

एयरवेजका अनुसार बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो। त्यसपछि मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरि आमा र ब्चा दुबैलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको थियो। कम्पनीले आमा र बच्चा दुबैको व्यक्तिगत विवरण भने गोप्य राखेको छ। जेट एयरवेजले आफ्नो उडान इतिहासमा पहिलो पटक आकाशमा बच्चाले जन्म लिएको जनाएको छ। 


 

यसअघि गत अप्रिलमा टर्की एयरलाइन्सको एक उडानमा पनि बालकको जन्म भएको थियो। क्याविन क्रुको सहयोगमा उक्त बालकको जन्म भएको थियो।