BIZMANDU
www.bizmandu.com

गाडि निर्माता फोर्डले बनायो यस्ता आपत्तीजनक विज्ञापन, कम्पनीले माग्यो माफि (विज्ञापनसहित)

२०६९ चैत्र १४

गाडि निर्माता फोर्डले बनायो यस्ता आपत्तीजनक विज्ञापन, कम्पनीले माग्यो माफि (विज्ञापनसहित)
गाडि निर्माता फोर्डले बनायो यस्ता आपत्तीजनक विज्ञापन, कम्पनीले माग्यो माफि (विज्ञापनसहित)

नयाँदिल्ली । आफ्नो विज्ञापनमा महिलालाई आपत्तीजनक ढंगले प्रस्तुत गरिएपछि फोर्ड इण्डियाले खेद जनाएको छ । प्रिन्ट मिडियाका लागि बनाइएको फोर्डको एउटा विज्ञापनमा इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बुर्लस्कोनीले आफ्नो कारको डिक्कीमा तीन महिलालाई लगिरहेको देखाइएको छ ।

Tata
GBIME
NLIC

विज्ञापनमा अश्लिल देखिने तीन महिलाको मुखमा पट्टी लगाइएको छ भने हात र खुट्टा बाँधिएको छ । इटालीमा बुँगा बुँगा पार्टी गर्दा बुर्लस्कोनी आलोचित छन्, उनले यही विषयमा थुप्रै मुद्दा पनि खेपिरहेका छन् ।

फोर्डका लागि बनाइएको अर्को एउटा पोष्टरमा अमेरिकी रियल्टी टिभि स्टार किम कर्दाशियनका तीन बहिनीलाई पेरिस हिल्टनले गाडीको डिक्कीमा राखेको देखाइएको छ । विज्ञापनको ट्यागलाइनमा आफ्नो समस्या फिगोको एक्स्ट्रा लार्ज डिक्कीमा राख्नुहोस्, अनि वेफिक्र हुनुहोस् लेखिएको छ ।

त्यसैगरी तेस्रो विज्ञापनमा फर्मुला वान ड्राइवर माइकल शुमाकरको क्यारिकेचर आउने एक व्याक्तिलाई ड्राइभिङ सिटमा राखेर अन्य तीन प्रतिश्पर्धी सेवेस्टियन वेटल, फर्नाडो आलोंसो र लुइस ह्यामिलटनलाई डिक्कीमा खाँदिरहेको पोष्टर तयार गरिएको छ । विज्ञापन विवादपछि फोर्ड इण्डियाले माफि मागेको छ, हामी यो मामिलालाई लिएर निक्कै दुःखी र चिन्तित छौं । खासमा फोर्ड इण्डियाका लागि यो विज्ञापन थम्सन इण्डियाले तयार पारेको हो ।
थम्सनले तयार पारेको यो विज्ञापनलाई फोर्डले अन्तिम स्वीकृती भने दिएको थिएन, तर फोर्डको भारतीय एजेन्सी ग्लोबल टीम फोर्डका एक कर्मचारीले आफ्नो पोर्टफोलियोबाट लोकप्रिय विज्ञापन साइट एडसफ्टवल्र्ड डटकममा हालेका थिए । यो विज्ञापन विश्वका सबै सोसल मिडिया र एडभरटाइजिङमा दुनियाँमा निक्कै आलोचना भएको थियो । फोर्डले विज्ञप्ति जारी गर्दै यी विज्ञापन फोर्ड र एजेन्सी पाटर्नरको व्यवसायिक भावनाको विरुद्ध भएको भन्दै यसबाट पुग्न गएको क्षतीप्रति माफि मागेको छ ।