BIZMANDU
www.bizmandu.com

एलपी ग्यास उद्योग संघको नेतृत्वका लागि दौडधुप, फुटरिङका दोषी घिमिरे पनि मैदानमा

२०६९ चैत्र १४

काठमाडौं । सधैजसो विवादको घेरामा परिरहने नेपाल एलपी ग्यास उद्योग संघको नेतृत्व लिन व्यवसायीको दौडधुप सुरु भएको छ । संघको अध्यक्ष नेतृत्व लिन सुगम ग्यासका संचालक शिवप्रसाद घिमिरे, साईबाबा र श्रीकृष्ण ग्यासका संचालक राजेन्द्र डल्लाकोटी र कोसी ग्यासका संचालक विजयहरी शर्मा लागेका छन् । यी तीनै जनाले व्यवसायीसँग मत माग्दै हिडेका छन् ।
सुगम ग्यासका संचालक घिमिरे ६ महिनाअघि विशेष साधारणसभा बोलाएर बरिष्ठ उपाध्यक्ष भएका हुन् भने डल्लाकोटी यसअघि नै उपाध्यक्ष भइसकेका हुन् । यी तीनै जनाले संघका राम्रो होल्ड रहेका व्यवसायीलाई मनाउन घरघर धाइरहेका छन् । घिमिरेले आफु बरिष्ठ उपाध्यक्ष भइसकेकोले आफुले नेतृत्व पाउनुपर्ने जिकिर गर्दै आएका छन् भने डल्लाकोटीले आफु पुरानो व्यवसायी भएको र संघका धेरै योगदान गरेकोले नेतृत्व पाउनुपर्ने दावी गरेका छन् । शर्मा पनि निजी आफु अध्यक्षको लागि योग्य भन्दै आफ्नो लबिङ गरिरहेका छन् । एक व्यवसायीका अनुसार यी तीन जना मध्ये डल्लाकोटी केही भएपनि ‘फेयर’ छन् ।
‘घिमिरे फुटरिङ र नेकरिङ गर्ने व्यवसायीको रुपमा बदनाम भएका व्यक्ति हुन्,’ ती व्यवसायी भन्छन्, ‘घिमिरे आए भने ग्यास क्षेत्रको सुधार हुनसक्दैन् । उपभोक्ताको हितमा कुनै काम हुँदैन । यी भन्दा डल्लाकोटी केही भएपनि राम्रा मानिन्छन् ।’ घिमिरेले सुगम ग्यासको १५ हजार सिलिन्डर फुटरिङ र नेकरिङ गरिरहेको अवस्थामा सुनसरीमा जफत भएको थियो ।

Tata
GBIME
Zonsen