BIZMANDU
www.bizmandu.com

कृति अवार्ड भदौंमा हुने, अवार्ड छनौंट समितिको संयोजकमा डा. विजय केसी

२०७४ जेठ २९

कृति अवार्ड भदौंमा हुने, अवार्ड छनौंट समितिको संयोजकमा डा. विजय केसी
कृति अवार्ड भदौंमा हुने, अवार्ड छनौंट समितिको संयोजकमा डा. विजय केसी

काठमाडौं।नेपाल विज्ञापन संघले भदौंमा कृति अवार्ड गर्ने भएको छ।

Tata
GBIME
Nepal Life


नवौं कृति अवार्डमा २६ वटा विज्ञापन एजेन्सी सहभागी हुनेछन् भने २४ वटा विधामा पुरस्कृत गरिने संघले जनायो।अवार्ड छनौंट तथा मूल्यांकनका लागि डा विजय केसीको संयोजकत्वमा चार सदस्यीय प्रमुख निर्णायकमण्डलको समिति बनाइएको संघले जनाएको छ।संघका अनुसार एसियन फेडेरेसन अफ एडभरटाइजिङ एशोसिएसन एसियको ग्रान्ड जुरी समेत रहनेछ।
 
कृति अवार्डको मूख्य प्रायोजक सिजी ब्रुअरी र सिजी सिमेन्ट हुने भएका छन्।संघ र चौधरी समूहबीच मूख्य प्रायोजकका लागि सम्झौंता भएको छ।सम्झौंतापत्रमा संघका अध्यक्ष सन्तोष श्रेष्ठ र चौधरी समूहका तर्फबाट बरिष्ठ महाप्रवन्धक प्रदीप पुडासैनी तथा सहायक महाप्रवन्धक लालबाबु प्रसादले हस्ताक्षर गरे।