भारतको मुम्बर्इमा भएको टाटा मोटर्स ग्लोबल एचिभमेन्ट अवार्ड २०१६ कार्यक्रममा सिप्रदी सर्वोत्कृष्ट डिष्ट्रिब्यूटर घोषित भएको हो।यूरोप,अफ्रिका र एसिया गरि विश्वका ४५ देशबाट प्रतिनिधित्व गर्ने टाटाको वितरकमध्ये उत्कृष्ट भएको हो।कम्पनीले अरु आठ वटा विधामा समेत उत्कृष्ट अवार्ड हात पारेको छ।
कम्पनीले ’उत्कृष्ट कस्टुमर इन्गेजमेन्ट २०१६’, ’सर्वाधिक मार्केट शेयर २०१६’ र ’उत्कृष्ट ग्लोबल सर्भिस क्याम्प २०१६’ अवार्ड समेत पाएको छ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले अवार्डले जिम्मेवारी थपेको बताए।सिप्रदीले सन् १९८२बाट टाटाका गाडी नेपालमा बिक्री गर्दै आएको छ।