BIZMANDU
www.bizmandu.com

यति बैंकले राजधानीका ९ ठाउँका जेब्राक्रसिङमा रङरोगन गर्ने, प्रहरीसँग बैंकको समन्वय

२०७४ जेठ २३

यति बैंकले राजधानीका ९ ठाउँका जेब्राक्रसिङमा रङरोगन गर्ने, प्रहरीसँग बैंकको समन्वय
यति बैंकले राजधानीका ९ ठाउँका जेब्राक्रसिङमा रङरोगन गर्ने, प्रहरीसँग बैंकको समन्वय

काठमाडौं। यती डेभलपमेण्ट बैंकले काठमाडौंका ९ स्थानका जेब्रा क्रसिङमा रङरोगन गरिदिने भएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो काम गर्ने छ। 


 
बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको बिभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन गरी सर्वसाधारणलाई सजिलै जेब्राक्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने भएको हो।
 
४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा हुने गरेको जानकारी दिँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले सडक दुर्घटना न्यूनिकरण गर्ने अभियानको शुरुवात गरेको बताए। 

Tata
GBIME
Nepal Life