काठमाडौं । नेपालका लागि रेनल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्सले 'अल न्यू रेनल्ट क्विड एएमटी' गाडी नेपालमा बिक्री सुरु गरेको छ। नयाँ कार अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
यो गाडि चलाउँदा सजिलो र नियमित एक्सिलेरेसनको अवस्थामा अत्याधुनिक कन्ट्रोल यूनिटले स्वचालित रुपमा गीयर सिफ्ट गर्ने जनाइएको। कारको सुरुवाती मूल्य २० लाख ९६ हजार ५०० रुपैयाँ तोकिएको छ।
.jpg)
रेनल्ट क्विड एएमटी डाइनामिक परफरमेन्स, उच्चतहको शक्ति र साहसिक यात्राको अनुभव लिने गरि रणनीतिक रुपमा डिजाइन गरिएको कम्पनीको दावी छ। कारको ड्यास माउन्टेड एएमटील डालयमा रिजर्भका लागि आर, न्युट्रलका लागि एन र ड्राइभका लागि डी गरि तीन मोड रहेको जनाइएको छ।
यो श्रेणीको पहिलो एएमटी मध्यम वर्गिय कार्यरत परिवार तथा व्यवसायीक व्यक्तिका लागि सहज रुपमा यात्रा गर्न डिजाइन गरिएको कम्पनीको भनाइ छ। भारतमा रेनो क्विड एएमटीको मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्तिहरुले प्रयोग गरिरहेको प्रवृत्ति जस्तै रेनल्ट नेपालले पनि यस तहका मध्यम वर्गिय परिवार तथा व्यवसायीक व्यक्ति लक्षित गरी यो कार नेपाल ल्याएको जनाएको छ।