BIZMANDU
www.bizmandu.com

आज आउँदैछ बजेट, १२ खर्बको हाराहारीमा आउने बजेटमा कसरी कोरिएला स्थानीय तहको विकासको खाका !

२०७४ जेठ १५

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७४\७५ को लागि  बजेट पेश गर्दैछ। अर्थमन्त्री कृष्णबहादुर महराले संसद समक्ष बजेट पेश गर्न लागेका हुन्। काम चलाउ सरकारले ल्याउने बजेट भएकाले यस वर्षको बजेटमा खासै नयाँ कार्यक्रमको अपेक्षा भने गरिएको छैन।

Tata
GBIME
Nepal Life

बजेटको आकार १२ खर्बको हाराहारीमा हुनेछ। राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ ११ खर्ब ५६ अर्बको सीमा तोकेको थियो। संसद र प्रदेशको निर्वाचनका लागि करिब ३० अर्ब रुपैयाँ माथि रकम विनियोजन गरिनेछ।

पहिलो चरणको स्थानीय तहको चुनाव भैसकेको अवस्थामा जिल्लामा जाने गरेको बजेट अब सिधै पठाउनुपर्ने संबैधानिक ब्यबस्था भैसकेका कारणले यो वर्षको बजेट पहिलेको भन्दा केही भिन्न भने हुने छ। नयाँ संविधान अनुसार स्थानीय तहले विकासका खाका आफैँ बनाएर परिचालन गर्न पाउँछन्। 

साधारण खर्च, पुनर्निर्माण, आगामी निर्वाचन र संविधान अनुसार स्थानीय तहमा जाने अनुदानको रकम पठाएर बजेट निर्माण भइरहेको छ।
विकास निर्माण र माध्यामिक तहसम्मका शिक्षक र स्थानीय तहका कर्मचारीको तलब सुविधाका लागि कसरी रकम विनियोजन हुन्छ भन्ने बारेमा सबैको चासो देखिएको छ ।

बजेटमा राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माणलार्इ प्राथमिकतामा राख्ने बुझिएको छ। यसपटकको बजेटमा  निजामती कर्मचारीको सेवा सुविधामा भने केही बृद्धि गरिएको छैन। सदा झैं यसपाली पनि मदिरा र चुरोटमा अन्तशुल्क बढाइनेछ । मूल्य अभिवृद्धि करको सीमामा हेरफेर नगर्ने र आयकरको 'स्ल्याब' नचलाउने पक्षमा सरकार रहेको छ ।