BIZMANDU
www.bizmandu.com

कोबेल्कोको एसके २२०एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, ब्रेकर अपरेशन सुविधा, मूल्य ९७ लाख

२०७४ जेठ ९

कोबेल्कोको एसके २२०एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, ब्रेकर अपरेशन सुविधा, मूल्य ९७ लाख
कोबेल्कोको एसके २२०एक्सडीएलसी एक्स्क्याभेटर नेपालमा, ब्रेकर अपरेशन सुविधा, मूल्य ९७ लाख

काठमाडौं । पूजा कन्स्ट्र्क्सन नेपालले २१ टन क्षमताको कोबेल्को एसके २२० एक्सडी मोडेलको एक्स्क्याभेटर नेपाली बजारमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

नेपालको सन्दर्भमा एक्स्क्याभेटरको चुनौतिपूर्ण प्रयोगलाई ध्यानमा राखी यो डिजाइन तयार गरिएको कम्पनीले मङ्गलवार आयोजित पत्रकार सम्मलनमा जानकारी दिइयो। यो मशीन आफ्नो श्रेणीमा शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त हुनुका साथै प्रतिस्पर्धीमध्ये नविनतम रहेको कम्पनीको दावी छ।

एसके २२० एक्सडी एक्स्क्याभेटर जापानी प्रविधि अन्तर्गत भारतको श्री सहरमा उत्पादन गरिएको हो।  विश्वका अन्य बजारमा प्रचलित प्रयोग विपरित नेपालमा एक्स्क्याभेटरको प्रयोग सडक काटन तथा चुनढुंगा खानीमा समेत हुने गरेका कारण यसमा ब्रेकर अपरेशन प्रक्रिया  जोडिएको कम्पनीले जानकारी दिएको छ।  विगतमा विक्री गरिएकामध्ये ७० प्रतिशत मशीन ब्रेकर अपरेशनमा प्रयोग भएको तथ्यलाई मनन गर्दा कोबेल्को एक्स्क्याभेटर मशीन शक्तिशाली तथा उच्च उत्पादकत्वयुक्त मानिएको पूजा कन्स्ट्रक्सनका सीइओ बिबेक बिजुक्छेले बताए।
 

एसके २२० एक्सडी एक्स्क्याभेटरको मूल्य ९७ लाख रुपियाँ कायम गरिएको छ। खरीदकर्तालाई तैयारी मौजदात उपलव्ध रहेको र पूजा कन्स्ट्र्क्सनले इच्छुक कम्पनीलाई एलसी खोली सिधै भारतबाट खरीद गर्न सकिने वैकल्पिक सुविधा पनि दिएको जानकारी दिइयो। यसरी खरीद गरिएका मशीनलाई सुचारु रुपमा पार्टपूर्जा तथा खरीदपछिको सेवा उपलव्ध गराइने प्रत्याभूति कम्पनीले दिएको छ ।