BIZMANDU
www.bizmandu.com

कलेज ‘ड्रपआउट’ भारतीय युवाले संचालनमा ल्याएको ओयो ब्राण्डको होटल नेपालमा खुल्यो, रुमरेट १६००

२०७४ जेठ ९

कलेज ‘ड्रपआउट’ भारतीय युवाले संचालनमा ल्याएको ओयो ब्राण्डको होटल नेपालमा खुल्यो, रुमरेट १६००
कलेज ‘ड्रपआउट’ भारतीय युवाले संचालनमा ल्याएको ओयो ब्राण्डको होटल नेपालमा खुल्यो, रुमरेट १६००

काठमाडौं । तीन वर्षको अवधिमा भारतमा सात हजार भन्दा बढी होटल व्यवस्थापन गर्दै आएको ओयो नेपाल प्रवेश गरेको छ।

Tata
GBIME
Nepal Life

राजधानीको ज्ञानेश्वरमा रहेको प्रिन्स प्लाजा होटल अब ओयो ब्राण्डमा संचालन हुनेछ।यो होटलको मंगलबारदेखि संचालनमा आएको छ।कलेज ड्रपआउट २२ वर्षे युवा रितेश अग्रवालले सन् २०१३मा सुरु गरेको होटल व्यवसाय अहिले भारतको दुर्इ सय सहरमा ओयो ब्राण्डमा संचालनमा आएको छ।

यो पनि हेर्नुहोस्- स्टार्टप्स: २१ बर्षे ठिटोको २२ सय होटलको चेन, मसिक आम्दानी मात्रै ३५ लाख डलर

 
भारत वाहिर मलेसियापछि नेपालमा यो ब्राण्डमा होटल संचालनमा आएको छ।सुरुमा एउटा होटल भाडामा लिएर संचालन गरेका अग्रवाललार्इ १० करोड डलर (१० अर्ब रुपैयाँ) ऋण सफ्ट बैंक जापानले दिएपछि एकाएक लाइम लाइटमा आएका थिए।नेपालमा होटल प्रिन्स प्लाजाबाट आफ्नो सेवा विस्तार  गरेको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी र नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीले संयुक्त रुपमा होटलको शुभारम्भ गरे।

बजेट होटललार्इ गुणस्तरीय र एउटै मापदण्डमा ओयोले संचालन गरेर ख्याती कमाएको छ। यो होटलको रुमको मूल्य १६ सय रुपैयाँबाट सुरु हुन्छ।कोठाको माग बढी हुनेवित्तिकै मूल्य बढ्छ।

प्रिन्स प्लाजाका कार्यकारी निर्देशक युवराज श्रेष्ठले ओयोको मापदण्ड अनुसार होटल संचालन हुनुपर्ने बताउँदै त्यही मापदण्ड पूरा गरेर सेवा सुविधा दिने बताए।होटलमा २२ वटा रुम छन्।सबै रुम वातानुकुलित छ।ओयोको आफ्नै वेवसाइट र एप छ जसबाट होटल बुकिङ गर्न सकिन्छ।ओयो एप अहिलेसम्म ७० लाख डाउनलोड भइसकेको छ।