BIZMANDU
www.bizmandu.com

मन्त्रिपरिषद्का सदस्यको सामूहिक फोटो, संसद सम्बोधनपछि प्रमले राष्ट्रपति भवनमा राजीनामा दिने

२०७४ जेठ ९

काठमाडौँ। मन्त्रिपरिषद्का सदस्यहरुले बालुवाटारमा मन्त्रिपरिषद्को बैठकपछि सामूहिक फोटो खिचाएका छन्। मन्त्रिपरिषद्को अन्तिम बैठकपछि यसरी सामूहिक फोटो खिच्ने चलन छ।  
 

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले केही बेरमा संसदमा सम्बोधन गरेपछि राष्ट्रपति भवनमा गएर राजीनामा दिँदैछन्।
 
राजीनामा दिए पनि संसदले अर्को प्रधानमन्त्री नचुनेसम्म यही मन्त्रिपरिषद्ले कामचलाउ सरकारको रुपमा दैनिक कामकाज गर्नेछन्।  
 

Tata
GBIME
Nepal Life