BIZMANDU
www.bizmandu.com

हकप्रद प्रयोजनका लागि माछापुच्छ्रे बैंकले १६ जेठमा बुक क्लोज गर्ने, १०० कित्ता हुनेले १२ कित्ता

२०७४ जेठ ९

काठमाडौं । माछापुच्छ्रे बैंकले हकप्रद निस्कासनको लागि १६ जेठमा बुक क्लोज गर्ने भएको छ। १५ जेठसम्म शेयर खरिद गर्नेले प्रति १०० कित्ता बराबर १२ कित्ताको दरले हकप्रद आवेदन दिन पाउनेछन्।
 
गत पुसमा सम्पन्न साधारण सभाबाट बैंकले ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद शेयर निस्कासनको निर्णय गरेको थियो। साविक शेयरधनी अलावा बुक क्लोजको अघिल्लो दिन शेयर किन्ने र सात दिन भित्र डिम्याट खातामा आइ सक्नेले मात्र हकप्रद आवेदन गर्न पाउने बैंकले जनाएको छ। अहिले बैंकको चुक्ता पूँजी छ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ।
 

Tata
GBIME
Nepal Life