BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको हकप्रदपछि पूँजी ६ अर्ब ८२ करोड, बुकक्लोज १६ गते, १० कित्ता हुनेलाई ३ सेयर

२०७४ जेठ ९

काठमाडौं। सिद्धार्थ बैंकले हकप्रद शेयर निष्काशनको लागी बुक क्लोज मिति तय गरेको छ। बैंकले यहि जेठ १६ गते बुक क्लोज गर्दै छ। जेठ १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयर नीले हकप्रद भर्न पाउने छन्। 
 
बैंकले २०७३ फागुन ५ को साधारण सभाबाट १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय पारित गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंकको हाल चुक्ता पूँजी ५ अर्ब २५ करोड ८ लाख २९ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ११ लाख ७ हजार रुपैया पुग्ने छ।