BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको आगामी जेठ १६ गते बुक क्लोज हुने, १०:३ अनुपातमा हकप्रद निष्कासनको तयारी

२०७४ जेठ ८

काठमाडौँ। सिद्धार्थ बैंकले हकप्रद निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ ।
बैंकले साबिक १० शेयर धनीलाई ३ शेयर हकप्रद दिने भएको छ । हकप्रदका लागि बैंकले जेठ १६ गते बुक क्लोज गर्ने जनाएको छ ।

Tata
GBIME
Nepal Life

जेठ १५ गतेसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद लिन चाहनेले जेठ १५ भित्रै शेयर खरिद गरिसक्नुपर्ने बताइएको छ।

बैंकको चैत मसान्तसम्मको बित्तीय विवरण अनुसार पाँच अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने चैत मसान्तसम्म बैंकले ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।     
नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा बैंकहरुको चुक्ता पूँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यकारी ब्यबस्था गरेपछि हाल बैंकहरुले धमाधम हकप्रद निष्कासन गरिरहेका छन्। यसै क्रममा सिद्धार्थ बैंकले पनि चुक्ता पूँजी ८ अर्ब पुर्याउनकालागि हकप्रद जारी गर्न लागेको हो।