BIZMANDU
www.bizmandu.com

नेपाल बैंक लिमिटेडको हकप्रद आवेदनको म्याद पर्सिसम्म, सिभिल क्यापिटल मार्केटबाट भर्न पाइने

२०७४ जेठ ८

काठमाडौं। नेपाल बैंक लिमिटेडको हकप्रद शेयरको आवेदन दिने म्याद आउँदो बुधबार सकिँदैछ।  बैंकको हकप्रद भर्ने अन्तिम मिति आगामी जेठ १० गतेसम्म तोकिएको बैंकले जनाएको छ।

बैंकले गत चैत २९ गते बुक क्लोज गरेको थियो।

Tata
GBIME
Nepal Life

बैंकको हकप्रद शेयर बुक क्लोजको अघिल्लो दिनसम्म कायम भएका  शेयरधनीले  हकप्रदको आवेदन दिन पाउने छन्।

बैंकले १०० रुपैयाँ दरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता शेयर हकप्रद निष्कासन गर्न लागेको हो। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ।

बैंकको हकप्रदको फारम सिभिल क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुबाट भर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।  बैंकका शेयरधनीले १०० कित्ता बराबर २३.७४ कित्ता भर्न पाउने छन्।