BIZMANDU
www.bizmandu.com

दोहोरो अंकले घट्यो शेयर बजार, बोटलर्स नेपाल र एनबी इन्स्योरेन्सको मूल्य लगातार बढ्दो

२०७४ जेठ ७

काठमाडौँ । निर्बाचनको परिणाम आउन थाले देखिनै सुस्ताएको शेयर बजारको घट्दो क्रमले आइतबार पनि निरन्तरता पाएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कोरोबार मापक सूचक १६.६३ अंकको गिरावट संगै १६२७.२७ अंकमा ओर्लिएको हो। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०८ अंकले घटेर ३४५.८६  अंकमा झरेको छ।
 
आइतबार १४६ कम्पनीका ११ लाख ८० हजार कित्ता शेयर ६८  करोड १८ लाख रुपैयाँमा खरिद बिक्री भए। आज सबै भन्दा बढी नेपाल इन्स्योरेन्स कम्पनीको शेयर किनबेच भएको छ। कम्पनीको चार करोड १५ लाख रुपैयाँको शेयर खरीद बिक्रि भएको हो। कारोबार रकमको आधारमा जनता बैंक आज दोस्रो स्थानमा रह्यो। बैंकको दुई करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
 
उत्पादनमुलक र अन्य कम्पनी उपसूचक बृद्धि भए पनि आइतबार शेयर बजारको गिरावट रोक्न सकेनन्। बैंकिङ १८.६९, होटल ४९.६९, विकास बैंक १५.२३, जलबिद्युत २२.२३, फाइनान्स ६.५१ र बीमा उपसूचक १०४.४८ अंकले घटेको छन्। उत्पादन मुलक ५४.४६ र अन्य ०.८७ अंकले बढे। 
 
आइतबार एनबी इन्स्योरेन्स र बोटलर्स नेपाल तराईका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। गत साता पनि यी कम्पनीको शेयर मूल्य लगातार बढेको छ। जनता बैंकका शेयर धनीले भने सबैभन्दा धेरै करिब ६ प्रतिशत गुमाएका छन्।        
   
 

Tata
GBIME
Nepal Life