काठमाडौ । वेस्र्टन युनियनले पूर्व र दक्षिण एसिया हेर्ने गरी पेट्रिसिया रिन्जेनलाई बरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको छ । कम्पनीले रिन्जेनलाई पूर्व र दक्षिण एसिया हेर्ने गरी उपाध्यक्षमा नियुक्त गरेको हो । उनले नेपाल, बंगलादेश, भुटान, इन्डोनेसिया, जापान, कोरिया, माल्दिभ्स, श्रींलका, ताइवान र कोरियाको रेमिट्यान्सको काम हेर्नेछन् । यो मुलुकमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने मुलुकमा पर्छ ।