BIZMANDU
www.bizmandu.com

सुन तोलामा चार सय रुपैयाँ बढेर कारोवार, मूल्य ५७ हजार, नेपाली मुद्रा पनि कमजोर बन्यो

२०६९ चैत्र ७

सुन तोलामा चार सय रुपैयाँ बढेर कारोवार, मूल्य ५७ हजार, नेपाली मुद्रा पनि कमजोर बन्यो
सुन तोलामा चार सय रुपैयाँ बढेर कारोवार, मूल्य ५७ हजार, नेपाली मुद्रा पनि कमजोर बन्यो


काठमाडौं । झण्डै दुई सातादेखि स्थिर जस्तै रहेको सुनमा बुधवार तोलाको चार सय रुपैयाँले वृद्धि भएको छ । मंगलवार पनि सुन तोलामा सय रुपैयाँ बढेको थियो । नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ तोकेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य तल झरेपछि नेपालमा पनि सुनको मूल्य ५५ हजारको स्तरमा ओर्लिएको थियो । विस्तारै बढ्न थालेको सुनको मूल्यले बुधवार ५७ हजारको सीमा पार गरेको हो । बुधवार चाँदीमा पनि तोलामा पाँच रुपैयाँले मूल्य बढेर प्रतितोला १०५० कायम भएको छ ।
उता डलरको तुलनामा नेपाली मुद्रा कमजोर भएको छ । भारतीय मुद्रा कमजोर भएपछि त्यसको असर नेपाली मुद्रामा परेको हो । भारतमा बुधवार भारु १६ पैसा तल झरेर ५४.५० को स्तरमा आएको छ । नेपालमा राष्ट्र बैंकले ‘रिफ्रेन्स’ विनिमयदर प्रतिडलरको ८७ रुपैयाँ ३० पैसा तोकेको छ । मंगलवार यस्तो विनिमयदर ८७ रुपैयाँ मात्रै थियो । बुधवार मध्यान्हमा निजी वाणिज्य बैंकले राष्ट्र बैंकको रिफ्रेन्स दरभन्दा २० पैसा बढी ८७.५० सम्ममा कारोवार गरिरहेका छन् ।

Tata
GBIME
NLIC