BIZMANDU
www.bizmandu.com

लगतारा दुई दिन तल झरेपछि मंगलवार नेप्समो सुधार, नेप्से सूचक डेढ अंकले बढ्यो

२०६९ चैत्र ६

लगतारा दुई दिन तल झरेपछि मंगलवार नेप्समो सुधार, नेप्से सूचक डेढ अंकले बढ्यो
लगतारा दुई दिन तल झरेपछि मंगलवार नेप्समो सुधार, नेप्से सूचक डेढ अंकले बढ्यो

काठमाडौं । लगातार दुई दिन ओरालो लागेको नेप्सेमा मंगलवार सामान्य सुधार देखिएको छ । नेप्से सूचक १.५५ अंकको वृद्धिसहित बजार बन्द भएको छ । बैकिङ्ग समूहको सूचक ३.७४, जलविद्युत १.३६, इन्सुरेन्स समूहमा २.८१ अंकको वृद्धि देखियो । अन्य समूहको सुचक ४.७ अंकले तल झर्यो ।
भृकुटी विकास बैंकको सेयर १२ रुपैयाँले तल झरेर १६० मा, छिमेक लघुवित्त विकास बैंकको सेयर २१ रुपैयाँले तल ३७८ मा कारोवार भयो । हिमालयन बैंकको सृेयर १० रुपैयाँले माथि चढेर ८०० मा, कञ्चन डेभलपमेन्ट बैंकको १५ रुपैयाँ घटेर १५० मा, नविल बैंकको १० रुपैयाँ बढेर १८९० मा, नविल बैंक प्रवद्र्धक सेयर १३ रुपैयाँ बढेर १११९ मा, नेपाल एक्सप्रेस फाइनानस १२ रुपैयाँ घटेर ९१ रुपैयाँमा कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको २० रुपैयाँ बढेर ८१० मा, नेशनल लाइफ इन्सुरेन्स १० रुपैयाँ बढेर ५३२ मा, सगरमाथा इन्सुरेन्सको २५ रुपैयाँ घटेर १००० मा, सूर्य लाइफ इन्सुरेन्सको १३ रुपैयाँ बढेर १८८ मा कारोवार भयो ।

Tata
GBIME
Nepal Life