BIZMANDU
www.bizmandu.com

मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरणको बोर्डमा भने, ‘यो मेरो अन्तिम बैठक हो’

२०६९ चैत्र ६

मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरणको बोर्डमा भने, ‘यो मेरो अन्तिम बैठक हो’
मुख्यसचिव लीलामणि पौडेलले विद्युत प्राधिकरणको बोर्डमा भने, ‘यो मेरो अन्तिम बैठक हो’


काठमाडौं । मुख्यसचिव लीलामणि पौडेलले राजिनामा दिने सम्भावना बढेर गएको छ, मंगलवार बिहान नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको  आकस्मिक बैठक डाकेर उनले यो आफ्नो अन्तिम बोर्ड बैठक भएको जानकारी सञ्चालकहरुलाई दिएका छन् । यो मेरो अन्तिम बैठक हो, पौडेलको भनाईलाई उद्घृत गर्दै एक बोर्ड सदस्यले भने । मुख्यसचिव भएपछि पौडेल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष बनेका थिए ।
सोमवार राती विस्तार भएको क्याविनेटमा आफ्ना दुई प्रतिश्पर्धी मन्त्रीका रुपमा नियुक्त भएर आएपछि पौडेल सन्तुष्ट छैनन् । पौडेल मुख्यसचिव भएपछि तत्कालीन सचिव शंकर कोइराला र उमाकान्त झाले राजिनामा दिएका थिए । सोमवारको मन्त्रिपरिषद् विस्तारमा कोइराला अर्थ, उद्योग तथा वाणिज्य र झा उर्जा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका थिए ।

Tata
GBIME