BIZMANDU
www.bizmandu.com

गोरखा फाइनान्स र प्रुडेन्सियल फाइनान्स मर्ज, मर्जपछि सोमवारबाट एकीकृत कारोवार

२०६९ चैत्र ६

काठमाडौं । गोरखा फाइनान्स र प्रुडेन्सियल फाइनान्सले मर्जपछि एकीकृत कारोवार सुरु गरेका छन् । यी दुवै फाइनान्स गाभिएर प्रुडेन्सियल फाइनान्सका रुपमा कारोवार सुरु गरेका हुन् । मर्जपछि फाइनानसको चुक्ता पुँजी ४८ करोड ३१ लाख रुपैयाँ पुगेको छ भने निक्षेप ९६ करोड ८० लाख पुगेको छ । दुवै फाइनान्सले ९३ कारेड ३ लाख रुपैयाँ लगानी गरेका छन् । मर्जपछिको एकीकृत कारोवारको सुरुवात नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले गरे ।
यस अघि शाइन र रेसुङ्गा डेभलपमेन्ट बैंक मर्ज भएर आइतवारदेखि एकीकृत कारोवार गरेका थिए । एकीकृत प्रुडेन्सियल फाइनान्सले आगामी वार्षिक साधरणसभासम्मका लागि संस्थापक सेयरधनीका तर्फबाट केशवराज पाण्डे, जान्हवीदेवी पाण्डेय, मनोरञ्जनरमण शर्मा, विमल अहुजा र सर्वसाधरण सेयरधनीका तर्फबाट विजयदेव पन्त, शशीनिधी तिवारी र सर्गत आनन्द वैद्यलाई सञ्चालक चयन गरेको छ । मर्जपहिले गोरखा फाइनान्सको प्रतिकित्ता ८४ रुपैयाँमा र प्रुडेन्सियल फाइनान्सको प्रतिकित्ता ११८ रुपैयाँमा सेयर कारोवार भएको थियो ।

Tata
GBIME
Zonsen