BIZMANDU
www.bizmandu.com

टेलिकमको ब्यापार चार प्रतिशतले खस्कियो, अनिवार्य अवकास नहुँदा मिल्यो राहत

२०७४ बैशाख ३०

टेलिकमको ब्यापार चार प्रतिशतले खस्कियो, अनिवार्य अवकास नहुँदा मिल्यो राहत
टेलिकमको ब्यापार चार प्रतिशतले खस्कियो, अनिवार्य अवकास नहुँदा मिल्यो राहत

काठमाडौं।  नेपाल टेलिकमको ब्यापार खस्किएको छ। प्रतिस्पर्धा र सञ्चालन खर्च बढेका कारण ब्यापार खस्किएको टेलिकमले जनाएको छ।
 
गत बर्ष चार अर्ब २९ करोड रुपैयाँ अवकाशमा खर्च भएको थियो। त्यो रकम यसपाली  जोगिँदा नाफा करिव २५ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। गत बर्षको नाफा ९ अर्ब ३१ करोड रुपैयाँ थियो।
चैत मसान्तसम्म टेलिकमको ब्यापार करिव चार प्रतिशतले  झरेको छ। अघिल्लो चैत मसान्तसम्म ३१ अर्ब ४० करोड रुपैयाँको सेवा बिक्री गरेको टेलिकमको यसपाली जम्मा ३० अर्ब १७ करोड रुपैयाँको मात्र सेवा बिक्री भएको छ।
 
कुल आम्दानी पनि करिव तीन प्रतिशतले झरेको छ। ब्यापार झरे पनि नाफा भने सुधार भएको छ। नाफा बढ्नुको कारण पोहोरजस्तो यसपाली अनिवार्य अवकाशमा पैसा खर्च भएको छैन। गत बर्ष चार अर्ब २९ करोड रुपैयाँ अवकाशमा खर्च भएको थियो। त्यो रकम यसपाली  जोगिँदा नाफा करिव २५ प्रतिशतले बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। गत बर्षको नाफा ९ अर्ब ३१ करोड रुपैयाँ थियो।
 
नेपाल टेलिकमको नेटवर्थ ६ रुपैयाँ पुगेको छ। प्रति सेयर आम्दानी १०९ रुपैयाँ छ। कम्पनीको प्रशासनिक खर्च एक अर्ब रुपैयाँ छ। कम्पनीको जगेडा कोक्षमा ७४ अर्ब ८६ करोड रुपैयाँ छ।

Tata
GBIME
Nepal Life