BIZMANDU
www.bizmandu.com

एचटिसीका तीन नयाँ स्मार्टफोन, यू प्लेको मूल्य ४९ हजार ९९९ रुपैया, कम्तिमा १८९०० पर्ने

२०७४ बैशाख २७

एचटिसीका तीन नयाँ स्मार्टफोन, यू प्लेको मूल्य ४९ हजार ९९९ रुपैया, कम्तिमा १८९०० पर्ने
एचटिसीका तीन नयाँ स्मार्टफोन, यू प्लेको मूल्य ४९ हजार ९९९ रुपैया, कम्तिमा १८९०० पर्ने

काठमाडौं। एचटिसी स्मार्टफोनको नेपाली विक्रेता जनरल नेक्स्ट कम्यूनिकेसन्स प्रालिले तीन नयाँ फोन बजारमा ल्याएको छ। कम्पनीले एचटिसी यू प्ले, एचटिसी वान एक्स ९ र एचटिसी डिजायर ८२५ बजारमा ल्याएको हो। 


 
एचटिसी यू प्लेको मूल्य ४९ हजार ९९९ रुपैयाँ,  वान एक्स ९ को मूल्य २८ हजार ६०० रुपैयाँ तथा डिजाइर ८२५ को मूल्य १८ हजार ९०० रुपैयाँ तोकिएको छ। एचटिसी यू प्ले ब्लू रंगमा उपलब्ध हुनेछ भने एचटिसी वान एक्स ९ गोल्ड र ग्रे रंगमा उपलब्ध हुनेछ। एचटिसी डिजाइर ८२५ ग्रे र ह्वाइट रंगको अप्सनमा उपलब्ध छ।


 
एचटिसीको यू सिरिजको मुख्य विशेषता भनेको लिक्विड सर्फेस हो, कम्पनीका अनुसार यसको बाहिरी भागलाई हातले दबाउन सकिन्छ। यसमा ५.२ इन्चको फूलएचडी सूपर एलसिडी डिस्प्ले राखिएको छ भने गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाईएको छ। 


 
यसमा २.० गीगाहर्जको ६४ बिट अक्टा कोर मिडिया टेक हेलियो पी १० प्रोसेसर प्रयोग गरेको छ। फोनमा ४ जीबीको र्याम तथा ६४ जीबीको स्टोरेज छ,  जसलाई बढाएर २ टिबीसम्म पुर्याउन सकिन्छ। फोटोका लागि १६ मेगापिक्सेलको रियर तथा फ्रन्ट क्यामरा छ। दुबै क्यामराले एचडी क्वालिटिको भिडियो रेकर्ड गर्ने कम्पनीको दावी छ। 

Tata
GBIME
Nepal Life