BIZMANDU
www.bizmandu.com

क्रिकेटर शरद भेषवाकर यामाहा एफजीएस एफआईका ‘ब्रान्ड एम्बेसडर’, नयाँ बाइक प्रवर्धन गर्ने

२०७४ बैशाख २१

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ ।

Tata
GBIME
Nepal Life

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र शरद भेषावकरले ‘एमओयु’मा हस्ताक्षर गरे । अब छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्ले लगायत यामाहा एफजीएस एफआईका सबै सञ्चार अभियानमा भेषवाकर सहभागी हुने कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ।

‘यामाहा ब्रान्डसँग आबद्ध हुन पाउँदा म निकै हर्षित र रोमाञ्चित भएको छु,’ भेषवाकरले भने- स्पोर्टी, स्टाइलिस र पावरफुल मोटरसाइकल ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा मैले गर्व महसुस गरिरहेको छु ।’  एमएडब्लुका प्रबन्ध निर्देशक  विष्णु कुमार अग्रवालले शरद भेषवाकरसँगको नयाँ साझेदारीप्रति खुसी व्यक्त गरे ।

यसैबीच एमएडब्लुले काठमाडौंको रातोपुलमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको नयाँ डिलर गोर्खा मनकामना अटो इन्टरप्राइजेजले एकै छानामुनिबाट ‘थ्रि-एस’ (सेल्स, सर्भिस र स्पेयर्स)को सुविधा दिने कम्पनीले जनाएको छ । नयाँ सोरुमबाट यामाहा ग्राहकले तालिमप्राप्त टेक्निसियनहरुबाट विश्वस्तरीय सर्भिसिङ सुविधा पाउनेछन् ।