BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले आफ्ना लागि गर्दैछ ६ महत्वपूर्ण काम, डाटा सेन्टरदेखि थोक मूल्य सर्वेक्षणसम्म

२०७४ बैशाख १५

काठमाडौं। नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिका भुक्तानी चेकमार्फत गर्ने व्यवस्थालाई कार्यान्वयन गराउँदै आगामी केही समयसम्म आफ्ना लागि ६ वटा महत्वपूर्ण काम गर्ने भएको छ।
 
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सुन्धारामा रहेको टक्सार भवनलाई स्थानान्तरण गरिने जानकारी दिँदै भुकम्पले घर भत्किएपछि लैनचौरको भाडाको घरमा रहेका कर्मचारीलाई पुन: वालुवाटार ल्याउने जानकारी दिए।
 
राष्ट्र बैंकले वालुवाटारको पूर्वाधार आधुनिक र उच्च प्रविधियुक्त बनाउने जानकारी शिवाकोटीले दिए। यसवाहेक थोक मूल्य सर्वेक्षण गर्दै तथ्यांक सुरक्षाका लागि विराटनगर कार्यालयमा डिजास्टर रिकभरी साइट स्थापना गर्ने योजनामा राष्ट्र बैंक छ।
 
केन्द्रीय बैंकले भक्तपुर सानोठिमीस्थित जग्गामा मास्टर प्लान अनुसार तालिम केन्द्र बनाउने आवश्यक प्रकृया सुरु भइसकेको उनले जानकारी दिए।

Tata
GBIME
Nepal Life