BIZMANDU
www.bizmandu.com

चार समस्याग्रस्त संस्था नियमित कारोबारमा फर्किँदै, पाँच सुधार प्रकृयामा, कुन संस्था कस्तो?

२०७४ बैशाख १५

काठमाडौं। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त १६ वित्तीय संस्थामध्ये दुई वटा पुन: सञ्चालनमा गएको र पाँच वटा सुधार प्रकृयामा रहेको जनाएको छ। गभर्नर डा. नेपालले बाँकी नौंमध्ये चार वटा अर्कै ब्यक्ति तथा समूहले खरीद गर्ने चरणमा रहेको जानकारी दिएका छन्।
 
समस्याग्रस्त भएका १६ मध्ये दुई फाइनान्स अरुण र जेनरललाई नयाँ समूहले खरीद गरेर समस्यामुक्त भइसकेको छ। यद्यपी गोर्खा विकास बैक पनि काठमाण्डौं फाइनान्ससँग गाभिएर गोर्खाज फाइनान्सका रुपमा सञ्चालनमा छ।
 
राष्ट्र बैंकका गभर्नर नेपालले समस्याग्रस्त रहेका बाँकी नौंमध्ये ४ वटा संस्थाहरुको शेयर स्वामित्व हस्तान्तरणको प्रकृयामा रहेको जानकारी दिए। सेयर स्वामित्व हस्तान्तरणपछि राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा गरेमा चार संस्थाहरु समस्याग्रस्तबाट मूक्त भइ नियमित कारोबारमा फर्किने गभर्नरले जानकारी दिए।

Tata
GBIME
Nepal Life