BIZMANDU
www.bizmandu.com

वित्तीय ठगी घटाउन एनबिआईको सतर्कता, भारतीय संस्थासँगको सहकार्यमा नेपालमा सचेतता छलफल

२०७४ बैशाख १५

काठमाडौं । बैंकिङ क्षेत्रले भोग्न सक्ने साइबर देखि एटिएम फ्रडसम्मका जोखिम न्युनिकरणमा हातेमालोका लागि विज्ञहरुले छलफल सम्पन्न गरेका छन्। 
 
नेशनल बैंकिङ इन्ष्टिच्युट  (एनबिआई) ले भारतको फिन्टलेक्टसँगको सहकार्यमा बिहीबार आयोजना गरेको ‘फाइनान्सिलय फ्रड’ सम्बन्धि छलफलमा बित्तीय क्षेत्रका बिभिन्न जोखिम बारे बिज्ञले चर्चा गरेका हुन्।

Tata
GBIME
Nepal Life


 

एनबिआईका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले ठगी न्युनिकरणका लागि बैंक तथा वित्तिय संस्थाले बिभिन्न सिर्जनात्मक उपायहरु उपनाउनु पर्ने बताए। यसका लागि बैंक तथा वित्तीय संस्थाले विषेश रणनीति नै बनाउनु पर्ने उनको भनाइ थियो।
 
नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले ठगी रोक्न बैंकहरुले प्राविधिक सवलीकरणमा जोड दिनु पर्ने बताए। एनबिआईका अध्यक्ष अजय श्रेष्ठले ठगीका  ‘भाइरस’सँगको संघर्ष नियमित प्रकृया भइ सकेको उल्लेख गरे।
 
डेढ सय सहभागी रहेको कार्यक्रममा साइबर र एटिएम अलावा कार्ड, स्किमिङ भिसिङ फिसिङ सिम क्लोनिङ सिन्डकेट्स डाटा चोरी लगायतका बिभिन्न ठगी न्युनिकरणबारे छलफल भएको थियो।