BIZMANDU
www.bizmandu.com

बिराटनगरमा खुल्यो हुन्डाइको अत्याधुनिक सोरुम, एउटै छानोमा श्रीएस सुविधा उपलब्ध

२०७४ बैशाख १४

बिराटनगरमा खुल्यो हुन्डाइको अत्याधुनिक सोरुम, एउटै छानोमा श्रीएस सुविधा उपलब्ध
बिराटनगरमा खुल्यो हुन्डाइको अत्याधुनिक सोरुम, एउटै छानोमा श्रीएस सुविधा उपलब्ध

विराटनगर । हुन्डाइ गाडीको स्थानिय डिलर रोयल अटो वर्ल्डले विराटनगरमा ‘थ्री एस सेन्टर’ नामको नयाँ सो रुम स्थापना गरेको छ। 
 
हुन्डाइको नेपाल स्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठले र रोयल अटोका निर्देशक भिमबहादुर पौडेलले बिहीबार सेन्टर उद्घाटन गरे। 
 
एकै थलोबाट सेल्स, सर्भिस र स्पेयर पार्टस (श्री एस) सुविधा दिने गरि सोरुम स्थापना गरेको कम्पनीले जनाएको छ। सोरुपमा उत्कष्ठ कष्टुमर लाउन्ज तथा सर्भिसिङमा आएका चालकको लागि आराम गर्ने, हुन्डाइका ‘जेनुइन स्पेयर पार्ट्स’ लगायतका सुविधा रहेको जनाइएको छ। 

Tata
GBIME


 

पाँच वटा गाडीसम्मको सोरुम रहेको सेन्टरमा, तालिमप्राप्त प्राविधक, एयर कन्डिसन तथा वाइफाइ लगायतका सुविधा दिने कम्पनीले जनाएको छ। सेन्टरमा प्रति महिना ६०० सम्म गाडीलाई सेवा दिने क्षमता एवं प्रशस्त पार्किङमा व्यवस्था गरेको जनाइएको छ। 
 
लक्ष्मी इन्टरकन्टिनेन्टले राजधानी बाहिर बिराटनगर अलावा पोखरा, नारायणगढ, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौँडा जस्ता मुलुकका प्रमुख व्यापारीक स्थानमा डिलरसिप स्थापना गरि सकेको छ।
 
बिराटनगरमा श्री एस सेन्टर उद्घाटन गर्दै कम्पनी निर्देशक पौडेलले सवारी साधन कर्जामा अहिले नेपाल राष्ट्र बैंकले अख्तियार गरेको नीति ठिक नरहेको बताए। ‘विगत १ वर्षको तथ्याङ्क हेर्ने हो भने हाम्रो सो रुमबाट ३३० वटा गाडी बिक्री भएका छन्, उनले भने, तर पछिल्लो तीन महिनामा ५ वटा मात्र बिकेका छन्, बाँकी ३ सय २५ वटा गाडी सुरुको ९ महिनामा बिक्री भएका हुन्।’
 
राष्ट्र बैङ्कले अटोमोबाइल क्षेत्रमा ५० प्रतिशत डाउन पेमेन्ट लिएर मात्र कर्जा प्रवाह गर्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएपछि यो क्षेत्रले तीव्र मन्दीको सामना गर्नुपरेको उनले बताए।
 
‘वैशाख महिनामा हरेक वर्ष ‘न्यु इयर अफर’ हुन्थ्यो र एक महिनामा २५ देखि ३० वटा गाडी हातोहात बिक्थे, उनको गुनासो थियो, ‘हामीले सधैँझैँ यसपाली पनि न्यु इयर अफर यस पटक पनि निकाल्यौँ तर अहिलेसम्म ७ वटा मात्र गाडीको बुकिङ आएको छ।’
 
पौडेलले अटोमोबाइल क्षेत्र अनुत्पादक हुन नसक्ने दाबी गर्दै भने- एउटा उद्यमीलाई घरबाट कार्यालय र कार्यालयबाट कारखानासम्म साइकल चढेर वा पैदल जाऊ भन्न खोजिएको हो कि क्या हो? उद्यमशीलताको सहजता र सुगमताका लागि गाडी आवश्यक पर्दैन? कसरी अटोमोबाइल क्षेत्र अनुत्पादक भयो?’