BIZMANDU
www.bizmandu.com

काठमाडौ-पोखरा रुटमा सुत्नमिल्ने सीट भएको बस सञ्चालनमा, बसभित्रै ट्वाइलेट र मिनीबार

२०७४ बैशाख १३

काठमाडौ।एक करोड खर्चेर ट्राभल नेपाल बस सेवाले सुत्न समेत मिल्ने (स्लिपिङ सीट) भएको बस संचालनमा ल्याएको छ। कम्पनीले काठमाडौं-पोखरामा यो बस संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life


कम्पनीले वैशाखबाट स्पिलिङ सीट भएको बस संचालनमा ल्याएको कम्पनीका संचालक प्रल्हाद लोहनीले बताए।यो बसमा २८ वटा स्लिपिङ सीट छ।'हामीले यात्रुहरुको सुविधालार्इ ध्यान दिएर स्लिपिङ सीट भएको बस संचालनमा ल्याएका हौं' उनले बिजमाण्डूसँग भने,घुम्तीहरुमा समेत असहज नहुने गरी सीट निर्माण गरिएको छ।'

भारतमा स्पिलिङ सीट भएका बस संचालनमा आएको धेरै भइसकेको छ।तर नेपालभित्र भने यो बसनै पहिलो स्लिपिङ बस हो।बसभित्रै ट्वाइलेट र मिनीबार समेत छ।बसभित्रै 'स्मोकिङ जोन'को व्यवस्था गरिएको छ।

बसमा फ्री वार्इफार्इ र टिभीको व्यवस्था गरिएको छ।ट्राभल नेपाल पोखराका शाखाका प्रवन्धक गोविन्द अधिकारीले आन्तरिक र वाह्य दुबै पर्यटकलार्इ लक्षित गर्दै बस संचालनमा ल्याइएको बताए।कम्पनीले नेपालीका लागि १७ सय रुपैयाँ र विदेशीका लागि २५ सय(२५ डलर) भाडा तोकेको छ।बसभित्रै चिया,कफी,पानी निशुल्क पाउने उनले बताए।


अधिकारीका अनुसार यो भाडामा यात्रुले सिद्धार्थ कटेज कुरिनटारमा 'लन्च' समेत गर्न पाउँछन्।यो बस काठमाडौंको कान्तिपथबाट विहान सात बजे र पोखराबाट ८ बजे छुट्ने उनले बताए।कम्पनीले काठमाडौं-लुम्बिनीमा स्लिपिङ सीट भएको बस संचालनमा ल्याउने जनाएको छ।