BIZMANDU
www.bizmandu.com

मन्त्रीको कन्स्ट्रक्सन कम्पनीले वीरगञ्जमा पनि रोक्यो सडक निर्माणको काम, भूक्तानी बहाना

२०७४ बैशाख १२

मन्त्रीको कन्स्ट्रक्सन कम्पनीले वीरगञ्जमा पनि रोक्यो सडक निर्माणको काम, भूक्तानी बहाना
मन्त्रीको कन्स्ट्रक्सन कम्पनीले वीरगञ्जमा पनि रोक्यो सडक निर्माणको काम, भूक्तानी बहाना

वीरगञ्ज।भूक्तानी नदिएको भन्दै कालिका कन्स्ट्रक्सनले वीरगञ्जमा सडक स्तरोन्नति र ढल निर्माणको काम रोकेको छ।

Tata
GBIME
Nepal Life

कालिका भूमीसुधारमन्त्री बिक्रम पाण्डेको कम्पनी हो।उनको यही कम्पनीले विराटनगरमा समेत सडक र ढलको काम रोकेको छ। दुर्इ वर्षमा सक्नेगरी परियोजनाको ठेक्का पाएपनि दुर्इ पटक म्याद थप्दा पनि निर्माण सकेको छैन।कम्पनीले २ अर्ब ८४ करोड रुपैयाँमा यो परियोजना निर्माणको ठेक्का पाएको थियो। वीरगञ्ज उप महानगरपालिकाले १६ करोड भूक्तानी नदिएको भन्दै कम्पनीले काम रोकेको हो।
 

काम रोकिएपछि एशियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको सडक र ढल निर्माण अघि बढाउन  वीरगञ्ज उद्योग वाणिज्य संघ र स्थानीयले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलार्इ भेटेर आग्रह गरेका छन्।

प्रमुख जिल्ला अधिकारी घिमिरेले परियोजना चाँडैसक्न निर्देशन दिएका छन्। संघका अध्यक्ष ओमप्रकाश शर्माले सडक र ढल निर्माणमा ढिलार्इ हुँदा स्थानीयले सास्ती भोग्नुपरेको बताए।

वीरगञ्ज उपमहानगरपालिका कार्यकारी अधिकृत पिताम्बर अधिकारीले परियोजना निर्माणका बारेमा अनुगमन गरिरहेको बताउँदै बजेट अभावले काम अघि बढाउन कठिन भएको बताए।छलफलमा संघका बरिष्ठ उपाध्यक्ष गोपाल केडिया, सचिव मनोज दास, ट्रान्सपोर्ट व्यवसायी राजेन्द्र गुप्ता लगायतको उपस्थिती रहेको थियो।