BIZMANDU
www.bizmandu.com

निगमको जहाज किन्न निजी कम्पनीबाट पैसा खोज्ने प्रकृया रोकियो, फिजिवल देखिएन- पर्यटन सचिव

२०७४ बैशाख १२

काठमाडौं । निजी कम्पनीबाट जहाज किन्ने प्रकृयाबाट नेपाल वायु सेवा निगम व्यवस्थापन ‘ब्याक’ भएको छ। निगम सञ्चालक समिति अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सुर्य जेमएके प्रालि नामक कम्पनीको पैसा जुटाइदिने प्रस्ताव ‘फिजिवल’ नदेखिएको जानकारी दिए। 
 
उक्त कम्पनीले विदेशबाट सस्तो ब्याजको पैसा जुटाउने आश्वासन दिए पछि निगम महाप्रबन्धक सुगतरत्न कंशाकारले थप कागजात बुझाउन अनुरोध गर्दै चिठी लेखेका थिए। सरकारले निगमको जहाज किन्न कर्मचारी सञ्चय कोष एवं नागरिक लगानी कोषबाट ऋण लिने जमानी बस्ने निर्णय गरेकै दिन कंशाकारले उक्त कम्पनीलाई चिठी पठाएका थिए।

Tata
GBIME
Nepal Life


 

नेपालमा हालसम्म कुनै अस्तित्व नभएको एवं बिस्तृत ठेगानासम्म नभएको कम्पनीलाई कंशाकारले चिठी लेखेर ऋण सम्झौताका लागि तयार रहेको जानकारी समेत दिएका थिए।

ऋण दिन तयार कर्मचारी सञ्चय कोषलाई  ‘होल्ड’मा राखेर कंशाकारले भित्रभित्रै उक्त कम्पनीसँग डिल अघि बढाएका थिए। सकेसम्म उक्त कम्पनीबाटै ऋण लिने नभए मात्र नेपालमा लिने उनको रणनीति थियो। सोही कारण सञ्चय कोषलाई मौखिक आश्वासन दिँदै कंशाकारले कम्पनीलाई भने हतार हतार चिठी लेखेका थिए।

 
‘कम्पनीले सस्तो दरको पैसा उपलब्ध गराउने भने पछि सञ्चालक समितिले एक पटक पत्राचारसम्म गरेर बिस्तृत विवरण मागौँ न त भनेर व्यवस्थापनलाई स्वीकृति दिएको हो, कोइरालाले भने- उक्त कम्पनी फिजिबल देखिएन, त्यसैले उक्त प्रकृया रोकिइसक्यो।’