BIZMANDU
www.bizmandu.com

नेपालको कुन पर्यटन गन्तब्य घुम्ने? एपबाटै थाहा पाउनुहोस, पर्यटन बोर्डले ल्यायो ‘वेलकम नेपाल’ एप

२०७४ बैशाख ११

काठमाडौं। प्रमुख पर्यटकीय गन्तव्य समेटिएको  नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ सार्वजनिक भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई नेपालको पर्यटनका वारेमा जानकारी दिन एप संचालनमा ल्याइएको बोर्डले जनाएको छ।

Tata
GBIME
Nepal Life

बोर्डले मुलुकको पर्यटन पर्वद्धन गर्न एप ल्याएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए।
 

यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको बोर्डले जनाएको छ।

हाल एन्ड्रोइड ओएसमा मात्र उपलब्ध यो एप चाँडै नै आइओएस प्लेटफर्ममा गरिने उनले बताए।

सुवेदीका अनुसार एएक पटक एप डाउनलोड गरिसके पछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिन्छ।