काठमाडौं । बिजमाण्डूमा प्रकाशित दुई वटा समाचारलाई 'नोट' गर्दै फ्लाइ दुवईले त्यसमा आफ्नो टिप्पणी पठाएको छ। बिजमाण्डूले फ्लाई दुवईसँग सम्वन्धित एउटा कर छली प्रकरण र दोस्रो इन्सुरेन्समा ठगी प्रकरणमा समाचार प्रकाशित गरेको थियो।
कर छली प्रकरणमा महालेखा परीक्षकको कार्यालयले उठाएको विषयलाई बिजमाण्डुले प्रकाशित गरेको थियो। महालेखाका अनुसार नेपालमा कर छलीका लागि फ्लाई दुवईले काठमाडौंबाट उडान गरेभन्दा कम यात्रु कर कार्यालयलाई देखाएको हो। कम यात्रु देखाएर थोरै कर तिरेको दावी महालेखा परिक्षकको कार्यालयको छ।
फ्लाई दुवईका विषयमा बिजमाण्डूमा प्रकाशित समाचार।
समाचारमा फ्लाई दुवईको 'नोट'
फ्लाई दुवईले आफ्नो नेपाल उडानका लागि स्थानीय करको दायित्वलाई पूरा गरेको दावी गरेको छ। 'हामी स्थानीय साझेदारको सहयोगमा नेपालमा सन् २००९ देखि उडान गरिरहेका छौं र हामीले हवाई उडानमा दीर्घकालीन वृद्धि गरिरहेका छौं, यसले पर्यटन र व्यापारलाई बढावा दिएको छ' कम्पनीले उल्लेख गरेको छ।
बिजमाण्डूले फ्लाई दुवईले इन्सुरेन्समा समेत गडबडी गरेको समाचार प्रकासित गरेको थियो। नेको इन्सुरेन्सले सार्वजनिक गरेको सूचनाका आधारमा प्रकासित समाचारमा फ्लाई दुबईले यात्रुलाई नक्कली बीमा कागज देखाएर उडाउने गरेको जानकारी दिइएको थियो।
फ्लाई दुवईको नक्कली इन्सुरेन्सको समाचार।
फ्लाइ दुवईको इन्सुरेन्समा 'नोट'
'फ्लाई दुवईले ट्राभल इन्सुरेन्सको कभरेजका लागि एआईजी ट्राभल गार्डसँग साझेदारी गर्दै आएको छ। नेको इन्सुरेन्सले गरेको दावीका विषयमा हामीले एआईजीलाई छानविन गर्न आग्रह गरेका छौं। हामीले यस विषयमा दुई कम्पनीवीचको सम्भावित विवादलाई छिट्टो टुङ्गयाउन पनि आग्रह गरेका छौं। एआईजी ट्राभल गार्डका पोलिसी होल्डरले आफ्नो दावी भुक्तानी र सेवा सहायता प्राप्त गरिरहने छन्।'