BIZMANDU
www.bizmandu.com

कम्प्युटर किन्न नहत्तारिनुस किनकी माइक्रोसफ्टको विण्डोज ८ बजारमा आउँदैछ

२०६९ साउन ४

कम्प्युटर किन्न नहत्तारिनुस किनकी माइक्रोसफ्टको विण्डोज ८ बजारमा आउँदैछ
कम्प्युटर किन्न नहत्तारिनुस किनकी माइक्रोसफ्टको विण्डोज ८ बजारमा आउँदैछ


कम्प्युटर, ल्यापटप, वा ट्यावलेट किन्ने सोचमा हुनुहुन्छ भने केही महिना पर्खनुस् । हामी धेरैको रोजाइमा पर्ने  विण्डोज अपरेटिङ सिस्टमको बहुप्रतिक्षित भर्सन अबको तीन महिना भित्रमा आउँदैछ । माइक्रोसफ्टका अनुसार उसको ड्रिम प्रोजेक्ट विण्डोज ८ दशैंताका विश्व बजारमा आउने छ । कम्पनीको एनुअल सेल्स मिटिङका क्रममा भएको निर्णय अनुसार आउँदो अक्टोबार २६ देखि विण्डोज ८ भएका कम्प्युटरहरु बजारमा आउने छन् । माइक्रोसफ्टले विण्डोज ८ लाई एक दशकपछिको अति महत्वपूर्ण अपडेट भनेको छ । हुन पनि माइक्रोसफ्ट एक्सपीपछि कम्पनीले ल्याउन लागेको यो अपरेटिङ सिस्टम परिवर्तनकारी हुने अपेक्षा गरिएको छ ।
विण्डोज ८ को विशेषता भएको टचस्क्रिन नै हो । यसमा आउने मेट्रो इन्टरफेसले प्रविधि प्रेमीहरुवीच निक्कै प्रशंसा कमाइरहेको छ । मेट्रो बाहेक विण्डोज ८ मा पुरानो डेस्कटप इन्टरफेसको सुविधा पनि हुनेछ । विण्डो ८ ट्याबलेट र पिसी दुबै खाले कम्प्युटरलाई लक्षित गरि बनाईएको अपरेटिङ सिस्टम हो । बजारमा पहिलो ट्यावलेटका लागि उपयोगि एआरएममा आधारित भर्सन आउनेछ भने पछि इन्टेल र एएमडिका प्रोसेसर चल्ने पावरफुल भर्सन आउने छ । विण्डोज ८ अक्टोबरमा आउने भए पनि माइक्रोसफ्टको पहिलो हार्डवेयर भेन्चर सर्फेस ट्यावलेट आउने मिति भने घोषणा भएको छैन । आफ्ना हार्डवेयर पार्टनरहरुलाई रुष्ट नपार्नका लागी कम्पनीले सर्फेस केही ढिला गरी ल्याउने सोचाई बनाएको जानकारहरु बताउँछन् । विश्वका ९० प्रतिशतको डेस्कटपमा माईक्रोसफ्टको अपरेटिङ सिस्टम चल्ने गरेको अनुमान गरिन्छ । हाल बजारमा विण्डोज ७ चलन चल्तिमा छ ।

Tata
GBIME
Nepal Life