BIZMANDU
www.bizmandu.com

स्ट्यान्डर्ड चार्टर्ड बैकको एफपिओ बाँडफाँड बैशाख २५ भित्र, तरलता सहज पार्न वोर्डको निर्देशन

२०७४ बैशाख ८

कठमाडौं। नेपाल धितोपत्र वोर्डले स्टान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ ५० दिनभित्र बाँडफाँड गरिसक्न निर्देशन दिएको छ। बैंकको सेयरको निस्सकासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले अब बैशाख २५ भित्र शेयर बाँडफाँड गरिसक्नु पर्छ। 
 
हाल बजारमा देखिएको तरलता अभाबलाई दृस्टिगत गरि बोर्डले निर्देशन दिएको जनाएको छ। बाँडफाँडपछि  दुई लाख २५ हजार लगानीकर्ताको ३८ अर्ब बजारमा फर्किएर तरलता अभाव सहज हुने अपेक्षा वोर्डको छ। 
 
बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर शेयर निष्काशन गरेको थियो। बैंकले कुल २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्काशन गरेको हो । कम्तिमा १० कित्ता र बढिमा २५ हजार ५८० कित्तासम्म आवेदन दिन पाइन्थ्यो। बैंकको एफपिओमा चैत ४ गते बन्द भएको थियो। 

Tata
GBIME
Nepal Life