BIZMANDU
www.bizmandu.com

कोलकाताको प्रसिद्ध रेष्टुरेन्ट गणगोरले कमलादीमा आउटलेट खोल्यो, ८० प्रकारका मिठार्इ पाइने

२०७४ बैशाख ७

कोलकाताको प्रसिद्ध रेष्टुरेन्ट गणगोरले कमलादीमा आउटलेट खोल्यो, ८० प्रकारका मिठार्इ पाइने
कोलकाताको प्रसिद्ध रेष्टुरेन्ट गणगोरले कमलादीमा आउटलेट खोल्यो, ८० प्रकारका मिठार्इ पाइने

काठमाडौं।भारतको प्रसिद्ध रेष्टुरेन्ट गणगोरले नेपालमा पहिलो आउटलेट खोलेको छ।

Tata
GBIME
Nepal Life

भारतको कोलकातामा ३३ वर्षअघि स्थापना भएको गणगोरले कमलादीमा पहिलो आउटलेट खोलेको हो।गणगोर फूड्स एण्ड सर्भिसेजका नाममा स्थापना भएको आउटलेटमा पाँच करोड लगानी गरेको संचालक निशान्त जोगार्इले बताए।

यो शतप्रतिशत शुद्ध शाकाहारी रेष्टुरेन्ट हो।यो रेष्टुरेन्टका काम गर्न कोलकाताबाटै कामदार पनि ल्याएको छ।त्यहाँका कम्पनीले नेपाली कामदारलार्इ तालिम दिएका थिए।यो रेष्टुरेन्टमा चालिस जनाले रोजगारी पाएका छन्।रेष्टुरेन्टमा ८० प्रकारका मिठार्इ,२० प्रकारका निम्किन र ड्राइफूड छन्।रेष्टुरेन्टभित्र ३० जना अट्ने कन्फ्रेन्स हल, एक सय जना अट्ने वर्थडेहल र १५ वटा डिलक्स रुम रहेका छन्।

उपत्यका बाहिरबाट आएर विवाह र ब्रतबन्ध गर्नका लागि डिलक्स रुमको व्यवस्था गरिएको उनले बताए।कमलादी बैंकिङ हब भएकोले बैंकका कर्मचारीलार्इ सहुलियत मूल्यमा खाजा दिने जोगार्इले बताए।रेष्टुरेन्टले वैशाख १२ र १३ गते आमा खुवाउने औशीका अवसरमा १० प्रतिशत छुट दिने जनाएको छ।