BIZMANDU
www.bizmandu.com

आयल निगमले सबै पम्पलाई तेल बाँड्यो, उपभोक्तालाई तेल भण्डारण नगर्न निगमको अपिल

२०६९ फागुन ३०

आयल निगमले सबै पम्पलाई तेल बाँड्यो, उपभोक्तालाई तेल भण्डारण नगर्न निगमको अपिल
आयल निगमले सबै पम्पलाई तेल बाँड्यो, उपभोक्तालाई तेल भण्डारण नगर्न निगमको अपिल


काठमाडौं । आयल निगमले बुधवार उपत्यकाका सबै पेट्रोल पम्पमा तेल दिएको छ । चालकको हड्ताल, नेपाल बन्द र त्यसपछि परेको लगातारको सार्वजनिक विदाले तेल वितरण हुननसक्दा उपत्यकामा तेल अभाव छ । निगमले बुधवार ५ लाख लिटर पेट्रोल र सात लाख लिटर डिजेल वितरण गरेको छ ।
‘हामीले माग भन्दा बढी तेल वितरण गरेका छौ । उपत्यकाका सबै पम्पले तेल दिएका छौ,’ थानकोट डिपो प्रमुख वीरेन्द्र गोइतले भने, ‘उपभोक्ता आतिनुपर्ने अवस्था छैन ।’ उनले उपभोक्तालाई तेलको भण्डारण गरेर नराख्न समेत आग्रह गरे । भारतको बरौनी तेल लिन जाँदा लुटेराले ट्ंयाकर लुटेर सहचालकलाई नशालु पदार्थ खुवाएर हत्या गरेको विरोधमा चार दिन र त्यसपछि लगातार नेपाल बन्द भएको थियो ।

Tata
GBIME
NLIC