काठमाडौं । स्कोडा एमएडब्ल्युले आजदेखि चैत ३ गतेसम्म थापाथलीको स्कोडा सोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । ग्राहकहरुको इच्छा, अनुरोध र आवश्यकतालाई मध्यनजर गरी एक्सचेन्ज क्याम्प संचालन गर्न लागेको हो । क्याम्पमा कम्पनीले सरल किस्ताबन्दी सुबिधा, सरल एक्सचेञ्ज सुबिधा, उत्कृष्ट रिकण्डीसन हाउसहरुबाट पुराना गाडीको उचित मूल्यांकन सुविधा तथा तुरुन्तै डेलिभरी दिने जनाएको छ । उच्च स्तरिय मोडलहरु लाउरा, यती र सुपर्व सँग अरु गाडी साट्न सकिने कम्पनीले जनाएको छ ।