BIZMANDU
www.bizmandu.com

स्वतन्त्र दलको चुनाव चिन्ह : लिपिस्टिकदेखि लभ साइनसम्म (हेर्नुस् स्वतन्त्रले पाउने चिन्ह)


 काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने २७ राजनीतिक दलले चुनाव चिन्ह पाएका छन्। तर, दलीय हैसियत नपाएका स्वतन्त्र रुपमा चुनावमा जाने दलले चुनाव चिन्ह के पाउने अझै टुंगो लागेको छैन। 

Tata
GBIME

निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार वैशाख १६ गतको उम्मेद्वार मनोनयन प्रक्रियापछि मात्र ती दलहरुले चुनाव चिन्ह पाउनेछन्। संसदमा प्रतिनिधित्व गरी चुनाव चिन्ह पाएका २७ दलबाहेक अन्य स्वतन्त्र दलको चुनाव चिन्ह उम्मेद्वारी दर्तापछि मात्र तय हुनेछ।  

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार निर्वाचन आयोगमा दर्ता भएका ११० दलमध्ये संसदमा प्रतिनिधित्व रहेका बाहेक अन्य बाँकी दलले स्वतन्त्र दलको हैसियतमा चिन्ह पाउनेछन्।

निर्वाचन प्रयोजनका लागि भने आयोगमा ८० वटा मात्र राजनीतिक दल दर्ता भएका छन्। दर्तामध्ये ६३ दलले मात्र उम्मेद्वार मनोनयनको औपचारिक पत्रचार पठाउने अधिकारपाप्त व्यक्तिको हस्ताक्षरको नमूना बुझाएका छन्। 

निर्वाचन नजिकिँदै जाँदा गाउँ–गाउँमा चुनाव चिन्ह पाएका दलहरुले ‘फलानो चिन्हमा भोट’ भन्दै मत माग्न थालिसकेका छन्। तर, स्वतन्त्र चिन्ह पाउने दल भने अन्योलमा नै छन्। चिन्ह नपाउँदा उनीहरुले मत माग्न पाएका छैनन्। 

तर, निर्वाचन आयोगले स्वतन्त्र उम्मेद्वारका लागि चुनाव चिन्ह भने निर्धारण गरिसकेको छ। आयोगले स्वतन्त्र उम्मेदवारलाई प्रदान गर्ने चुनाव चिन्हमा लिपिस्टिकदेखि लभ साइनसम्म तय गरेको छ। यस्तै, स्वतन्त्रलाई हतकडीदेखि जुवाको रुपमा खेलिने तासको पत्तासम्म चुनाव चिन्ह दिने तय गरेको छ। आयोगले स्वतन्त्र उम्मेदवारलाई दिने चुनाव चिन्हलाई समूह ‘क’ देखि  ‘च’सम्म वर्गीकरण गरेको छ।