BIZMANDU
www.bizmandu.com

सिप्रदीको नेपालगञ्जमा सुविधा सम्पन्न शोरुम र सेवाकेन्द्र, सर्भिसिङ बारे एसएमएसबाट जानकारी

२०७३ चैत्र ३१

सिप्रदीको नेपालगञ्जमा सुविधा सम्पन्न शोरुम र सेवाकेन्द्र, सर्भिसिङ बारे एसएमएसबाट जानकारी
सिप्रदीको नेपालगञ्जमा सुविधा सम्पन्न शोरुम र सेवाकेन्द्र, सर्भिसिङ बारे एसएमएसबाट जानकारी

काठमाडौं।सिप्रदी ट्रेडिङले नेपालगञ्जमा सुविधा सम्पन्न शोरुम र सर्भिस सेन्टर खोलेको छ।

Tata
GBIME
Nepal Life

टाटा मोर्टसको नेपालको आधिकारिक बिक्रेता सिप्रदीले मुलुकभर संजाल विस्तारको क्रममा नेपालगञ्जमा शोरुम संचालनमा ल्याएको हो।टाटा मोटर्सका कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रविन्द्र पिसारोड्डीले नेपाली बजारमा टाटाको कमर्सियल गाडीको संजाल नेपालमा विस्तार भएको हर्षित बनाएको बताए।

कम्पनीका अन्तर्राष्ट्रिय व्यापार,कमर्सियल भेहिकल्स युनिटका प्रमुख रुद्ररुप मैत्रले टाटाले बिक्रीपछिको सेवालार्इ समेत प्राथमिकतामा राखेको बताउँदै ग्राहकलार्इ उत्कृष्ट सेवा दिने प्रतिवद्धता जनाए।सिप्रदीका सिर्इओ राजनबाबु श्रेष्ठले गाडी बिक्रीलार्इ मात्रै ध्यान नदिएर बिक्रीपछिको सेवालार्इ उच्च प्राथमिकतामा राखेको बताउँदै ग्राहकको सन्तुष्टीनै पहिलो उदेश्य रहेको बताए।

यो शोरुममा टाटाका सबै रेन्जका उत्पादनका झलक देख्न पाइने गरी सजार्इएको छ। कम्पनीका अनुसार १५ वटा वे अत्याधुनिक इक्विपमेन्ट छन्।सेवाका लागि तालिमप्राप्त प्राविधिक रहने कम्पनीले जनायो।केन्द्रको उद्घाटनसँगै पहिलो मोबाइल वर्कशप पनि संचालनमा आएको छ।
 

१६१३ /५२ च्यालीस माथी बनाइएको मोबाइल वर्कशप  गाडीभित्र टाटा कमर्सियल गाडी मर्मत र सर्भिसिङ गर्नसक्ने इक्विपमेन्ट जडान गरिएको छ।कम्पनीले ६ दिनभित्र इन्जिन मर्मत गरी डेलिभरी, ४८ घण्टा वा कम समयमा डेलिभरी,चाँडो सर्भिसिङको सुविधा लिन पूर्व बुकिङ, साना सर्भिसिङको लागि निश्चत वे,मर्मतका लागि चाहिने अनुमानित खर्च र समयाअवधिको सूचना एसएमएसबाट दिइने कम्पनीले जनायो।